दफा ६४
हुलाक टिकट वा हुलाक वस्तु सम्बन्धी कसूरमा थप सजाय
: कुनै व्यक्तिले हुलाक टिकट,
हुलाक आदेश वा जवाफीपत्र (कुपन) र हुलाकबाट चलान गर्दाको अवस्थाको हुलाक वस्तु वा त्यसमा रहेको कुनै चिज वस्तुको चोरी, डाँका, कीर्ते वा जालसाजी गरेमा त्यस्तो कसूर वापत प्रचलित नेपाल कानून बमोजिम हुने सजायमा थप एक वर्षसम्म कैदै वा एकहजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।